बैशाख २३, २०८१, आइतबार
               

आजदेखि भारतको बजेट अधिवेशन सुरु

नेपाल फ्ल्यास
फागुन २४, २०७७

ADVERTISEMENT

नयाँ दिल्ली । भारतमा सोमबार (आज) देखि दोस्रो चरणको बजेट अधिवेशन सुरु हुने भएको छ । अधिवेशनमा आर्थिक विधेयकसँगै कर सम्बन्धी प्रस्तावहरु पनि पेस गरिने अधिकारीहरुले जानकारी दिएका छन् । 

सरकारले त्यस बाहेक अन्य केही महत्वपूर्ण र नियमित प्रस्तावहरु पनि संसद बैठकमा पेस गर्ने तयारी गरेको छ । बजेट भने गत फेब्रुअरी १ तारिखमा संसदमा टेबुल भएको थियो । 

पश्चिम बंगाल, तमिलनाडु, आसाम, केरला र पोन्डीचरीमा विधानसभाको निर्वाचन हुन लागेकाले यो संसद अधिवेशनलाई दलहरुले निर्वाचन लक्षित हुनेगरी उपयोग गर्ने तयारी गरेका छन् । ती प्रदेशहरुमा यही मार्चदेखि अप्रिलसम्म निर्वाचन हुने तय भएको छ ।

आज सुरु हुने दोस्रो चरणको बजेट अधिवेशन आगामी अप्रिल ८ मा सक्ने योजना रहेको छ । पहिलो चरणको बैठक गत जनवरी २९ देखि सुरु भएको थियो । पहिलो दिन केन्द्रीय दुवै सदनलाई राष्ट्रपतिले सम्बोधन गरेका थिए । 

भारतमा केन्द्रीय संसदले बनाएको कृषि सम्बन्धी तीन वटा कानूनलाई लिएर किसानहरुले लामो समयदेखि देशव्यापी आन्दोलन गर्दै आएका छन् । यही विधेयकका कारण पहिलो चरणको बजेट अधिवेशन प्रभावित भएको थियो ।

संसदमा प्रतिनिधित्व गर्ने भारतीय राष्ट्रिय कंग्रेस समेत २० भन्दा बढी दलले सरकारले ल्याएको कृषि विधेयकको विरोधसँगै संसद बैठक बहिस्कार गरेका थिए ।


कस्तो लाग्यो ?

यो पनि