जेठ ०६, २०८१, आइतबार
               

ब्रिटिश राजपरिवारले आफूविरुद्ध भ्रम फैलाएको मेगन मार्कलको आरोप

नेपाल फ्ल्यास
फागुन २०, २०७७

ADVERTISEMENT

ब्रिटेनकी डचिस् अफ ससिक्सले ब्रिटिश राजपरिवारले उनी र उनका पति राजकुमार ह्यारीविरुद्ध गलत खबर फैलाइरहेको हुनसक्ने बताएकी छन्।

महारानी एलिजाबेथकी कान्छी नातिनी बुहारी मेगन मार्कलले प्रसिद्ध अमेरिकी टेलिभिजन कार्यक्रम प्रस्तोता ओप्रा विन्फ्रेलाई दिएको एक भिडिओ अन्तर्वार्ताका क्रममा सो बताएकी हुन् । 

अन्तर्वार्ताको एक अंशमा डचिस् मेगन मार्कलले ब्रिटिश राजपरिवारले आफू चुप लागेर बस्ने भनी भनी अपेक्षा नगर्दा पनि हुने बताइन् । 

उक्त अन्तर्वार्ता प्रसारण हुनअघि उनको त्यस्तो अभिव्यक्त रहेको भिडिओ क्लिप सार्वजनिक गरिएको छ।

मेगन मार्कलले उनी केन्सिङ्गटन राजदरबारमा बस्दा त्यहाँका कर्मचारीहरूलाई डरधम्की देखाएको भन्ने आरोपका सम्बन्धमा छानबिन गरिने शाही अधिकारीहरूले बुधबार मात्र बताएका थिए। ओप्रा विन्फ्रेसँगको अन्तर्वार्ता रेकर्ड भैसकेपछि मात्रै मेगन मार्कलविरुद्ध लगाइएको अभियोगबारे विवरण सार्वजनिक भएका हुन्। बिबिसी


कस्तो लाग्यो ?

यो पनि