जेठ ०५, २०८१, शनिबार
               

पत्रकार खशोग्जीको हत्यामा साउदी युवराजको संलग्नता रहेकाे अमेरिकी गुप्तचरको भनाइ

नेपाल फ्ल्यास
फागुन १५, २०७७

ADVERTISEMENT

साउदीका पत्रकार जमाल खशोग्जीको हत्या गर्न साउदी अरबका युवराज मोहम्मद विन सलमानले स्वीकृति दिएको अमेरिकी गुप्तचर निकाय (सीआईए)ले उल्लेख गरेको छ ।

अमेरिकी राष्ट्रपनि जो बाइडेन प्रशासनले शुक्रबार सार्वजनिक गरेको एक रिपोर्टमा साउदी राजकुमारले पत्रकार खशोग्जीलाई पक्राउ वा हत्या गर्ने योजनामा मञ्जुरी दिएको उल्लेख गरिएको छ ।

साउदी राजपरिवारका आलोचक खशोग्जीको सन् २०१८ मा टर्कीको इस्तानबुलस्थित साउदी वाणिज्य दूतावास भित्र हत्या गरी मृत शरीरलाई क्षतविक्षत बनाइएको थियो । बाइडेन प्रशासनले साउदी अरबमा अघिल्लो ट्रम्प प्रशासन भन्दा मानवअधिकार र कानुनी शासनलाई लिएर कडा नीति अख्तियार गर्ने अनुमान गरिएको छ । 


कस्तो लाग्यो ?

यो पनि