जेठ ०६, २०८१, आइतबार
               

सैनिक 'कू'विरूद्ध आज म्यानमारमा आमहड्ताल

नेपाल फ्ल्यास
फागुन १०, २०७७

ADVERTISEMENT

सैनिक 'कू'विरूद्ध प्रदर्शन गरिरहेका म्यानमारका प्रदर्शनकारीहरूले आज देशव्यापी आमहड्ताल आह्वान गरेका छन् ।

शनिबारको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएपछि प्रदर्शनकारीहरूले आन्दोलनलाई कडा बनाउन आमहड्तालको घोषणा गरेका हुन् ।

सडकभरि सुरक्षाकर्मी परिचालन गरेर एक वर्षभित्र नयाँ चुनाव गराउँछु भने पनि जुन्ता सरकारले नागरिकलाई आश्वस्त पार्न सकेको छैन । म्यानमारमा दुई हप्तादेखि लगातार प्रदर्शनहरू भइरहेका छन् । प्रदर्शनका क्रममा अहिलेसम्म तीन जना प्रदर्शनकारीको ज्यान गइसकेको छ भने एक जना प्रहरीको पनि मृत्यु भएको छ ।

आजको आमहड्तालका क्रममा प्रदर्शनकारीहरूले नागरिकलाई काम बन्द गरेर प्रदर्शनमा सहभागी हुन आह्वान गरेका छन् । केही पश्चिमा देशहरूले म्यानमारमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे दिएका टिप्पणीलाई उसले आन्तरिक मामिलामाथिको हस्तक्षेप भनेको छ । 


कस्तो लाग्यो ?

यो पनि