जेठ ०६, २०८१, आइतबार
               

जी ७ का सदस्य राष्ट्रहरूले जि २० समूहसँग मिलेर काम गर्ने

नेपाल फ्ल्यास
फागुन ०८, २०७७

ADVERTISEMENT

विश्वका ठूला अर्थतन्त्र भएका देशहरू जि ७ का सदस्य राष्ट्रहरूले जि २० समूहसँग मिलेर काम गर्ने जनाएका छन् । ती देशहरूले विश्वका कैयौँ समस्याहरूसँग सँगै मिलेर काम गर्ने बताएका छन् । हाल विश्वमा देखा परिरहेको कोरोना भाइरसको महामारीका साथै अरु पनि कतिपय समस्याको समाधानमा लाग्ने बताएका हुन् ।

यस संगठनको शुक्रबार भएको भर्चुअल बैठकमा कोरोना भाइरसको महामारी, जलवायु परिवर्तनका साथै अरु पनि धेरै क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्धाहरूमा साथ साथमा मिलेर काम गर्ने जनाएका हुन् । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले अध्यक्षता गरेका यस बैठकमा सहभागी भएका जि ७ का नेताहरूको सो धारणा शुक्रबार प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरिएको छ ।

जि ७ द्धारा जारी गरिएको संयुक्त प्रेस वक्तव्यमा भनिएको छ– जि ७ का हामी सदस्य राष्ट्रहरू सम्मिलित बैठक आज भर्चुअल बिधिबाट बस्यो र यस बैठकमा हामी कोभिड १९ का साथै अरु पनि विभिन्न अन्तर्राष्ट्रिय समस्याहरूको समाधानका लागि सँगै मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छौँ । सो विज्ञप्तिमा भनिएको छ– हामीले आगामी दिनमा यस कोभिड १९को महामारीबाट मुक्त हुनुका साथै यसबाट सिर्जना भएको समस्याको समाधान गर्ने र यसले पुर्याएको क्षतिको पनि पुनर्निमाण गर्ने गरी मिलेर काम गर्नेछौँ ।

सो जि ७ को संगठनको अध्यक्षता यस वर्ष बेलायतले गरेको छ । सो बैठकमा हाल कोभिड १९ को विश्वव्यापी महामारीको नियन्त्रणका साथै आवश्यक सहयोग उपलब्ध गराउने कामको नेतृत्व विश्व स्वास्थ्य संगठनले गरेकोले त्यस संगठनलाई पनि आवश्यक सहयोग गर्ने बताइएको थियो ।

हाल विश्वमा कोरोना भाइरसको खोप वितवरण भइरहेको र त्यस खोप सबैलाई उपलब्ध हुन नसक्ने अवस्था आएमा कोभ्याक्सका माध्यमबाट दिने सहयोगका लागि पनि विश्व स्वास्थ्य संगठनका माध्यमबाट सहयोग उपलब्ध गराउने सहमति सो बैठकमा भएको थियो । यस जि ७ मा क्यानाडा, फ्रान्स, जर्मनी, इटाली, जापान, संयुक्त अधिराज्य र संयुक्त राज्य अमेरिका सदस्य रहेका छन् । 


कस्तो लाग्यो ?

यो पनि