बैशाख २४, २०८१, सोमबार
               

हिमताल विष्फोट : अझै १४७ जना बेपत्ता, क्षतविक्षत शव निकालिँदै

एजेन्सी
फागुन ०४, २०७७

ADVERTISEMENT

भारतको उत्तराखण्डमा आएको हिमताल विष्फोट भएर आएको बाढीमा बेपत्ता भएकाहरुको लगातार दशौं दिन पनि खोजीकार्य जारी छ ।

भारतीय सञ्चार माध्यमका अनुसार घटनास्थल र त्यस आसपासका इलाकाबाट क्षत विक्षत शव निकालिँदै छ ।

उत्तराखण्डका प्रहरी अधिकारी अशोक कुमारले उद्दारकार्य दिनरात चलिरहेको भएपनि अब जिउँदो मानिसहरुको उद्धार गरिने आशा निकै कम भएको उनले बताए ।

यस्तोमा अब उद्धारकार्य ३–४ दिनभन्दा लामो नहुने उनले बताए । यद्यपि, त्यहाँ सर–सफाईको काम भने जारी रहनेछ ।

५६ शव भेटियो

भारतीय सञ्चार माध्यमका अनुसार हालसम्म ५६ जनाको शव निकालिएको छ ।

यसका साथै २२ क्षतविक्षत मानव अंग पनि भेटिएका छन् । यसको सनाखत डिएनए परीक्षणमार्फत् गरिनेछ ।

अहिले पनि १४८ मानिसहरु हराइरहेका छन् ।


कस्तो लाग्यो ?

यो पनि