बैशाख २४, २०८१, सोमबार
               

भारतमा फेरि भूकम्पको धक्का

एजेन्सी
फागुन ०४, २०७७

फाइल फोटो
ADVERTISEMENT

भारतमा फेरि भूकम्पको धक्का महसुस गरिएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार सोमबार राति ९ बजेर २३ मिनेटमा बिहारमा भूकम्पको धक्का महसुस गरिएको हो ।

भारतीय मौसम विभागकाअनुसार ३.५ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको केन्द्रबिन्दु बिहारको नालन्दाबाट २० किलोमिटर टाढा उत्तर पश्चिममा रहेको बताइएको छ ।

भूकम्पको झड्का लगत्तै बिहारका पटनालगायत सहरका वासिन्दा घरबाहिर निस्किएका थिए ।

पटना लगायत भागलपुर, गया, औरंगाबाद, नालंदा, नवादा, बक्सरमा भूकम्पको झड्का महसुस गरिएको थियो ।

केही दिनअघि मात्र भारतको राजधानी नयाँ दिल्लीलगायत आसपासका क्षेत्रमा शक्तिशाली भूकम्प गएको थियो । तर भूकम्पबाट कुनै क्षति भएको थिएन ।


कस्तो लाग्यो ?

यो पनि