बैशाख २४, २०८१, सोमबार
               

पूर्वराजकुमार ह्यारी र मेगन दोस्रो सन्तानको पर्खाइमा

नेपाल फ्ल्यास
फागुन ०४, २०७७

ADVERTISEMENT

लण्डन । बेलायतका पूर्व राजकुमार ह्यारी र उनकी श्रीमती मेगन दोस्रो सन्तानको पर्खाइमा भएको बेलायती सञ्चार माध्यमहरूले बताएका छन् । उनिहरुले दोस्रो सन्तान जन्माउन निश्चित भएको उनका सहयोगीले जानकारी दिएका छन् ।

भ्यालेन्टाइन डेको अवसर पारेर उनिहरुले आफुहरू दोस्रो सन्तान जन्माउने तयारीमा रहेको सार्वजनिक गरेका हुन् । एउटा रुखको तल बसेर मुस्कुराएको र मेगनको गर्भवती अवस्थाको तस्वीर उनिहरुले सार्वजनिक गरेका छन् ।

नयाँ सन्तान प्राप्तहुने खवरले राजपरिवारका सबै सदस्य हर्षित रहेको बताइएको छ । ‘आर्ची दाई बन्ने सुनिश्चित भइसकेको छ,’ उनका प्रवक्ताले भनेका छन्, ‘उहाँहरुका जेष्ठ सन्तानआर्ची गत मे मा एक वर्ष पुरा हुनुभएको छ ।’

बेलायती महारानी एलिजावेथ द्वितीयकी नाती ह्यारी र उनकी श्रीमती मेगनले गत वर्षको मार्चमा राजपरिवारको सदस्य परित्याग गरी अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएका छन् ।

ह्यारी र मेगनबीच पहिलो भेट भएको १६ महिनापछि विवाह भएको थियो । सन् २०१८को मे महिनामा उनिहरुको विवाह भएको हो ।  

यो पनि