बैशाख १७, २०८१, सोमबार
               

हिमताल विष्फोट : थप १२ शव फेला, मृतकको संख्या ५० पुग्यो

एजेन्सी
फागुन ०३, २०७७

ADVERTISEMENT

भारतको उत्तराखण्डस्थित चमोली जिल्लामा हिमताल फुटेर बाढी आएको एक सातासम्म पनि शव फेला पर्ने क्रम जारी छ ।

पछिल्लो पटक थप १२ जनाको शव फेला परेसँगै ज्यान गुमाउनेको संख्या ५० पुगेको छ ।

तपोवन सुरुङमा भरिएको हिलोमा ५ वटा शव फेला परेका थिए । त्यस्तै स्थानीय रैणी गाउँमा ६ वटा शव प्राप्त भएको छ । त्यस्तै अर्को एक शव रुद्रप्रयाग भन्ने स्थानमा फेला परेको थियो ।

फेब्रुअरी ७ मा हिमताल फुट्दा ऋषि गंगा नदीमा भीषण बाढी आएको थियो । जसका कारण ऋषि गंगा हाइड्रो पावर प्रोजेक्ट पूर्ण रुपमा ध्वस्त भएको थियो ।

यो घटनामा बेपत्ता भएका १५० जनालाई फेला पार्न सकिएको छैन । शवहरुलाई तपोवनमा बनाइएको अस्थायी मुर्दाघरमा राखिएको छ ।

उद्धारका क्रममा जिवित ब्यक्ति फेला परे स्वास्थ्य उपचारका लागि हेलिकप्टर तैयारी अवस्था राखिएको चमोलीका जिल्ला प्रमुख स्वाती भदौरियाले बताएको बिबिसी हिन्दीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि