बैशाख २४, २०८१, सोमबार
               

साउदीमा प्रतिवन्धात्मक व्यवस्थाको अवधि थपियो

नेपाल फ्ल्यास
फागुन ०३, २०७७

ADVERTISEMENT

रियाद । साउदी अरबमा लागू गरिएको प्रतिवन्धात्मक व्यवस्थाहरू अझै केही दिन लागू भएका छन् । कोरोना भाइरसको महामारी थप फैलिन नदिने उद्देश्यले लागू गरिएका प्रतिवन्धात्मक व्यवस्थाहरू थप २० दिन लागू भएका हुन् ।

सरकारले आइतबार प्रतिवन्धात्मक व्यवस्थाहरूको अवधि थप गरिएको जनाइएको छ । साउदी अरबमा भीडभाड गर्न, धेरै जना सहभागी भएर मनोरञ्जनात्मक कार्यक्रमहरू गर्न प्रतिबन्ध लगाइएको छ भने चलचित्र प्रदर्शन गर्न, होटल तथा रेस्टुरेन्ट, क्याफेहरू सञ्चाल नगर्न पनि रोक लगाइएको छ ।

 आन्तरिक मामिला मन्त्रालयले कोरोनाभाइरसको महामारीको खतरा अझै नटरेकाले प्रतिबन्धात्मक व्यवस्थाहरूलाई निरन्तरता दिनुपरेको स्पष्ट पारेको छ । नयाँ व्यवस्था स्थानीय समयअनुसार आइतबार राति १० बजेदेखि लागू भएको छ ।

कोरोना भाइरसको संक्रमण न्यूनीकरण गर्न २० देशबाट साउदी अरब आउन पनि प्रतिबन्ध लगाइएको छ । तर, साउदी अरबकै नागरिक, कूटनीतिज्ञहरू, स्वास्थ्यकर्मीहरू र उनीहरूका परिवारलाई भने कडा मापदण्ड पालना गरेर साउदी अरब प्रवेश पाउने व्यवस्था गरिएको छ ।  

यो पनि