कात्तिक ३०, २०८१, शुक्रबार
               

दक्षिण कोरिया र अमेरिकी विदेशमन्त्रीबीच फोनवार्ता

नेपाल फ्ल्यास
माघ ३०, २०७७

ADVERTISEMENT

दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाका विदेशमन्त्रीबीच फोन वार्ता भएको बताइएको छ ।

उनीहरूबीच शुक्रबार भएको फोनवार्तामा कोरियाली प्रायद्वीपका बारेमा कुराकानी भएको बताइएको हो ।दक्षिण कोरियाका विदेशमन्त्री चुङ इयुङ र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनबीचमा सो कुराकानी भएको हो । उनीहरूबीच कोरियाली प्रायद्वीपका साथै अमेरिका र कोरियाबीचको आपसी सहयोग र समझदारीका बारेमा कुराकानी भएको बताइएको हो ।

यसका साथै अरु पनि क्षेत्री र अन्तर्राष्ट्रिय विषयहरूमा कुराकानी भएको समाचारमा जनाइएको हो । उहाँहरूका बीचमा आगामी दिनमा कोरियाली प्रायद्वीपमा निसस्त्रीकरण गर्ने विषयमा पनि कुराकानी भएको थियो । उनीहरूले उत्तर कोरियाको विषयमा फोनमा कुराकानी गरेका हुन् । 

उत्तर कोरियालाई आगामी दिनमा कोरियालाई निसस्त्रीकरण के कसरी गर्न सकिन्छ भन्ने बरेमा पनि त्यस अवसरमा कुराकानी भएको समाचारमा जनाइएको छ । यसका साथै उनीहरू आगामी केही समयमा नै भेटेर द्विपक्षीय वार्ता गर्ने सहमति गरेका छन् । उनीहरूले आगामी दिनमा जतिसक्दो चाँडो नै द्विपक्षीय वार्ता गर्ने बताए । 


कस्तो लाग्यो ?

यो पनि