जेठ ०६, २०८१, आइतबार
               

माेदीले घुँडा टेकेर भारतकाे भूमि चीनलाई सुम्पिए : राहुल गान्धी

नेपाल फ्ल्यास
माघ ३०, २०७७

ADVERTISEMENT

एजेन्सी । भारतीय कांग्रेसका नेता राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र माेदीले चीनसामु घुँडा टेकेर भारतकाे भूमि चीनलाई सुम्पिएकाे टिप्पणी गरेका छन् ।

शुक्रबार भएको पूर्वी लद्दाखमा चीन र भारतबीचकाे सम्झाैताबारे बाेल्दै उनले साे टिप्पणी गरेका हुन् । उनले भनेका छन्- ‘प्रधानमन्त्री नरेन्द्र माेदी कायर हुन् । त्यसैले, उनी चीनको अगाडि दृढ अडान लिन असमर्थ छन् ।’

राजनाथ सिंहले बिहीबार सदनमा बोलेका थिए- ‘हाम्रो दृढ मनसाय र स्थायी वार्ताले उत्तर र दक्षिण तटमा सेना पछाडि हट्ने सम्झाैता भएकाे छ । चीनले आफ्नो सेनालाई उत्तरी तटमा फिंगर ८ काे पूर्वी दिशामा राख्नेछ भने भारतले फिंगर तीन नजिकै  ले उनको स्थायी चौकी धन सिंह थापा पोष्टमा राख्नेछ । दक्षिणी तटीय क्षेत्रमा पनि यस्तै हुनेछ । याे कदम सम्झाैता बमाेजिम अघि बढाइनेछ र दुवै पक्षले अप्रिल, २०२० देखि उत्तरी तटमा जे-जति निर्माण गरेका छन्, त्यसलाई हटाइनेछ ।’

राहुल गान्धीले राजनाथ सिंहकाे भनाइमाथि टिप्पणी गर्दै भनेका छन्- ‘भारतीय सेना फिंगर चारमा आउने कुरा छ, जबकि फिंगर तीन भारतीय इलाका हाे । पहिलाे प्रश्न याे हाे कि प्रधानमन्त्री माेदीले भारतको पवित्र भूमि चीनलाई हस्तान्तरण गरे ।’

चीनका अगाडी माेदीले हार मानेकाे उनकाे आरोप छ । ‘हाम्राे जमिन फिंगर चारसम्म छ तर माेदीले फिंगर चारदेखि तीनसम्म चीनलाई दिए । दिपसांग रणनीतिक इलाका हाे । चीन यहाँ घुस्याे तर रक्षामन्त्रीले एक शब्द बाेलेनन्’, राहुलले भने ।


कस्तो लाग्यो ?

यो पनि