बैशाख १४, २०८१, शुक्रबार
               

कतारमा कोरोनाकाे नियम पालना नगर्ने ६ व्यापारिक केन्द्र बन्द

नेपाल फ्ल्यास
माघ ३०, २०७७

ADVERTISEMENT

दोहा- कतारमा कोरोना नियन्त्रणका नियम पालना नगर्ने कतारका ६ वटा व्यापारिक केन्द्र बन्द भएका छन् ।

सामाजिक दूरीलगायतका कोभिड- १९ प्रोटोकलको पालना नगरी भीडभाड गर्ने सफारी मललगायतका ६  ब्यापारिक केन्द्र बन्द गरिदिएको हो ।

कतारको वाणिज्य र उद्योग मन्त्रालयले  बन्द गरिदिएका महल तथा पसलहरूमा  पर्ल-कतार, अल वाक्राको होम सिटी, अबु हम्मूरको सफारी मल्ल, ऐन खालिदमा डाइटर परामर्श, सौक वाकिफको एन्नाबी क्याफेटेरिया ९२ र पुरानो एयरपोर्ट क्षेत्रको अल रवानाक ट्रेडिंग कम्पनी छन् ।

मन्त्रालयले यसअघि नियम उलङ्घन नियन्त्रण गर्न आफ्नो निरीक्षण अभियान तीव्र पार्ने बताइसकेको थियो । मन्त्रालयले सबै नागरिक र बासिन्दालाई दर्ता र व्यावसायिक इजाजतपत्र, वा सावधानी र रोकथाम उपायहरूको उल्लंघन गरेको देखेमा मन्त्रालयलाई रिपोर्ट गर्नसमेत आग्रह गरेको छ ।

कतारले कोरोना संक्रमण बढेसंगै कोभिड सुरक्षा सावधानीका नियमहरू गत हप्ता फेरि लागू गरेको छ ।

सरकारले जारी गरेको ३२ बुँदे सूचना पूर्ण पालना गर्न कतारमा कार्यरत नेपाली श्रमिकलाई नेपाली दूतावासले पनि अनुरोध गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि