जेठ ०६, २०८१, आइतबार
               

‘टोकियो ओलम्पिक प्रमुख मोरी राजिनामा दिने मनस्थितिमा’

नेपाल फ्ल्यास
माघ ३०, २०७७

ADVERTISEMENT

टोकियो । टोकियो ओलम्पिकका प्रमुख योशिरो मोरीले महिला अधिकारीबारे गरेको टिप्पणीका कारण जापान र विदेशमा आक्रोश व्यक्त गरिन थालेपछि राजीनामा गर्ने मनस्थितिमा पुगेको जापानी सञ्चारमाध्यमले जनाएका छन् ।

उनले ‘महिलाहरू बैठकमा बढी बोल्छन्’ भनेको अभिव्यक्तिलाई लैङ्गिक रूपमा विभेधकारी रहेको भनी राजनीतिक वृत्तमा आलोचनापछि यो निर्णय आउन लागेको नाम नवताउने शर्तमा अधिकारीहरूले बताएका जापानी सञ्चारमाध्यममा उल्लेख गरिएको छ ।

उनको महिलाबारेको उक्त टिप्पणी आयोजकहरूको लागि पछिल्लो समय  टाउको दुखाइ बनेको थियो । महामारीको बावजुद जापानले यसै गृष्म ऋतुमा ओलम्पिक खेल आयोजना गर्ने योजनाबीच ओलम्पिक समितिले उनको अभिव्यक्तिलाई लिएर सार्वजनिक असन्तुष्टिको सामना गरिरहेको छ । 

८३ वर्षीय मोरीले शुक्रबार खेल आयोजकहरूको एक बैठकमा आफ्नो राजीनामा घोषणा गर्ने स्रोत नखुलाउने शर्तमा अधिकारीहरूले बताएका जापानी सञ्चारमाध्यमहरूले लेखेका छन् । 

उनको सबैभन्दा बढी सम्भावित उत्तराधिकारीका रूपमा ८४ वर्षीय सबुरो कावाबुचीलाई अघि सारिने पनि समाचारहरूमा उल्लेख छ ।जापानका पूर्व प्रधानमन्त्रीसमेत रहेका मोरीले जापानी ओलम्पिक समितिका सदस्यहरूलाई आफूले गत हप्ता गरेको टिप्पणीका कारण यो निर्णय लिन दबाब परेको बताइएको छ ।

‘जब तपाईं महिला कार्यकारी सदस्यहरूको सङ्ख्या बढाउनुहुन्छ, यदि उनीहरूको बोल्ने समय एक निश्चित नभएमा उनीहरूले आफ्नो भनाईलाई निश्कर्षमा पु¥याउन कठिनाई हुने र यो अप्रिय हुने गर्छ,’ उनले भनेका थिए ।  

उनले लैङ्गिक विभेध सिजएना गर्ने अभिव्यक्तिका लागि माफी मागेपनि महिलासँग आँफू धेरै बोल्न नचाहने बताएका कारण समस्या थप जटिल बनेको थियो ।


कस्तो लाग्यो ?

यो पनि