जेठ ०५, २०८१, शनिबार
               

प्रशान्तमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी

नेपाल फ्ल्यास
माघ २९, २०७७

ADVERTISEMENT

अष्ट्रेलिया । प्रशान्त महासागरको दक्षिण क्षेत्रमा शक्तिशाली प्रशान्तमा शक्तिशाली भूकम्प गएको छ । वैज्ञानिकहरूले भूकम्प पछि सुनामीको चेतावनी दिएका छन् ।

लोयल्टी द्वीप समूहबाट १० किलोमिटर दक्षिण पूर्वी गहिराइमा बुधबार साँझ ७.७ म्याग्निच्युटको भूकम्प गएपछि सुनामीको चेतावनी दिइएको हो ।

भूकम्पपछि अष्ट्रेलियाको मौसम एजेन्सीले सुनामी आएको पुष्टि गरेको छ । व्यूरो अफ मेट्रोलोजी अष्ट्रेलियाले सुनामीबाट लर्ड होवे द्वीप जोखिममा रहेको चेतावनी दिएको छ ।

भूकम्पको धक्का न्यूजील्याण्डदेखि इन्डोनेसियासम्म महसुस गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।भूकम्पले के कति क्षति भयो भन्ने विवरणहरू अहिलेसम्म आएका छैनन् ।

अमेरिकी सुनामी चेतावनी केन्द्रले पनि भानुआटु र फिजीमा सुनामी आउने चेतावनी दिएको छ ।

 


कस्तो लाग्यो ?

यो पनि