जेठ ०६, २०८१, आइतबार
               

लुटेरा समूहले अन्धाधुन्ध आक्रमण गर्दा नाइजेरियामा २३ सर्वसाधारणको हत्या

नेपाल फ्ल्यास
माघ २८, २०७७

ADVERTISEMENT

अफ्रिकी मुलुक नाइजेरियाको उत्तरपश्चिम कडुना प्रान्तको एउटा गाउँमा बन्दुक बोकेका लुटेरा समूहको आक्रमणमा परेर कम्तीमा २३ जना गाउँलेको मृत्यु भएको छ ।

प्रान्तका सुरक्षा आयुक्त सामुएल अरुवानका अनुसार सोमबार शंकास्पद लुटेरा समूहले गाउँलेमाथि अन्धाधुन्ध आक्रमण गरेका थिए । नाइजेरियाको सेनाले आक्रमणको खोजीका लागि व्यापक सैन्य अभियान थालेको पनि उनले बताए । 

प्रान्तका गभर्नर नासिर एल–रुफाईले उक्त घटनाको कडा शब्दमा निन्दा एवं भर्त्सना गर्दै लुटेरा समूहका विरुद्ध सैन्य कारबाही तीब्र बनाउन सुरक्षा निकायहरुलाई निर्देशन दिएका छन् । 

हालैका महिनाहरूमा नाइजेरियाको उत्तरी क्षेत्रमा सशस्त्र समूहले नियमित अन्तरालमा आक्रमणको शृंखला नै चलाएका छन् । लुटेरा समूहले किसानले पालेका गाईवस्तु पनि लुट्ने गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि