जेठ ०६, २०८१, आइतबार
               

न्यूजिल्याण्डमा टाइ नलगाएको भन्दै सांसदलाई बाहिर निकालियो

नेपाल फ्ल्यास
माघ २८, २०७७

ADVERTISEMENT

एजेन्सी । न्यूजिल्याण्डमा एक सांसदलाई टाइ नलगाएको भन्दै संसदबाट बाहिर निकालिएको बताइएको छ । प्राप्त जानकारी अनुसार माओरी पार्टीका नेता एवं सांसद राविरी वेइतितीले आफ्नो सांस्कृतिक मूल्यसँग मेल नखाने भन्दै टाइ लगाउन अस्वीकार गरेका छन् ।

न्यूजिल्याण्डमा पुरुष सांसदहरुले संसदमा हुने बहसको क्रममा टाइ लगाए मात्रै प्रश्न गर्न पाउने नियम छ । सांसद राविरीले टाइ नलगाई प्रश्न गर्ने प्रयास गर्दा सभामुख ट्रोभोर मालार्डले दुई पटक रोकेका थिए ।

तर उनले आफ्नो कुरा जारी राखे त्यसपछि सभामुख मालार्डले चेम्बरबाट बाहिर निकाल्न आदेश दिएका थिए । चेम्बरबाट बाहिरिने क्रममा सांसद राविरीले ‘यो टाइको होइन, सांस्कृतिक पहिचानको विषय हो साथीहरु’ भनेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।


कस्तो लाग्यो ?

यो पनि