सैन्य ‘कू’ को विरोधमा प्रदर्शनमा उत्रिएका नागरिकमाथि म्यानमारमा प्रहरीले दमन गरेको छ ।
प्रदर्शनकारीमाथि प्रहरीले रबरको गोलीसँग पानीको फोहोरा तथा अश्रु ग्यास पनि प्रहार गरेको छ । प्रहरीको कुटाइबाट प्रदर्शनमा सहभागी एक महिला गम्भीर घाइते भएकी छन् ।राजधानी नेदिपअमा भएको प्रदर्शनमा सहभागीहरुमाथि रबरको गोली प्रहार पनि गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
प्रदर्शनमा सेनाले प्रतिबन्ध लगाएको भए पनि हजारौँ नागरिक त्यसको अवज्ञा गरी प्रदर्शनमा सहभागी भएका छन् ।
गएको हप्ता निर्वाचित सत्ता हत्याएर शक्ति आफ्नो हातमा लिएको सेनाले समूहमा भेला हुन प्रतिबन्ध लगाएको छ भने रातिको समयमा कर्फ्यू लगाएको छ ।