जेठ ०४, २०८१, शुक्रबार
               

एक वर्षमा सवा करोडलाई रोजगार बनाउँदै युपी सरकार
३३ लाख साना तथा मध्यम उद्योग खोलिँदै

नेपाल फ्ल्यास
माघ २७, २०७७

ADVERTISEMENT

भारतको उत्तर प्रदेश सरकारले साना तथा मध्यम उद्योगको क्षेत्रमा क्रान्ति ल्याउने गरी एक वर्षभित्र ३३ लाख उद्योग खोल्ने भएको छ । त्यसबाट एक करोड २० लाख मानिस रोजगार बन्ने अनुमान गरिएको छ ।

यसलाई भारतीय अर्थशास्त्रीहरूले सूक्ष्म, लघु र मध्यम उद्योग (एमएसएमई) को क्षेत्रमा ठुलो क्रान्ति भनेका छन् । यसबाट उद्योग स्थापनाको क्षेत्रमा राज्यमैत्री नीतिको एउटा आधार बन्ने विश्वास गरिएको छ । 

युपीमा भारतीय जनता पार्टीका नेता योगी आदित्यनाथ नेतृत्वको सरकार छ । युपी सरकारले विकाससँगै पूर्वीय दर्शन र आध्यामिक एवं सांस्कृतिक क्षेत्रमा समेत प्रभावकारी काम गर्दै आएको छ ।

एमएसएमईका लागि केन्द्र सरकारले भारतको आगामी आर्थिक वर्षमा १५ हजार ७०० करोड भारतीय रुपैयाँ अर्थात् २ खर्ब ५१ करोड नेपाली रुपैयाँ विनियोजन गरेको छ । चालू आर्थिक वर्षमा कुल ७५ सय करोड भारतीय रुपैयाँ विनियोजन गरिएको छ । केन्द्रीय सरकारले नयाँ आर्थिक वर्षका लागि दोब्बर भन्दा बढी बजेट एमएसएमई क्षेत्रलाई छुट्याएको छ ।

लघु तथा मध्यम उद्यम विभागका अतिरिक्त मुख्य सचिव डा. नवनीत सहगलले यसबाट करिब सवा करोड भारतीय नागरिक रोजगार बन्ने बताए । उनले यसबाट राज्य सरकारको औद्योगिक विकासमा ठुलो योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

केन्द्रको बजेटमा युपीमा काम

सन् २०२१-२२ को बजेटमा प्रत्येक घरको पानीको व्यवस्थाका लागि भारतको बजेटमा विशेष व्यवस्था गरिएको छ । त्यसका लागि ५० हजार करोड भारतीय रुपैयाँ विनियोजन गरिएको छ । युपीमा मात्रै ५५ सय करोड भारतीय रुपैयाँ छुट्याइएको छ । युपीमा एक वर्षभित्र ५० लाख ४५ हजार परिवारमा स्वच्छ खानेपानी पुर्‍याउने योजना छ ।

रेल पूर्वाधारका लागि पनि युपीमा १२ हजार ६९६ करोड भारतीय रुपैयाँ छुट्याइएको छ । त्यसैगरी प्रहरीको आधुनिकीकरणमा १०५ करोड भारु विनियोजन गरिएको छ ।

धार्मिक क्षेत्र अयोध्यामा नयाँ रेल्वे स्टेसन निर्माणका लागि १०० करोड भारतीय रुपैयाँ छुट्याइको छ । जुन अघिल्लो वर्षभन्दा दोब्बर हो ।

यो पनि