पूर्वी लद्दाखमा सीमा क्षेत्रलाई लिएर भारत र चीनबीच नवौँ चरणको वार्ता भइरहेको छ तर त्यहाँको अवस्था शान्त हुने संकेतहरु देखा परेका छैनन् ।
हिन्दुस्तान टाइम्सका अनुसार चिनियाँ सेनाले तिब्बतमा आर्टिलरी गन, स्वचालित होवित्जर र सरफेसटू मिसाइल इकाइको तैनाथी बढाएको छ ।
इण्डियन नेसनल सिक्योरिटी प्लानर्सका अनुसार पीएलए तीनवटै क्षेत्रमा नयाँ तैनाथी गरिरहेको छ र सैनिकलाई भारी सैन्य उपकरणका साथ एक ठाउँबाट अर्काे ठाउमा स्थानान्तरण गरिरहेको छ ।
यता टाइम्स अफ इण्डियाका अनुसार सीमामा तनावकै बीच भारतले पनि एलएसीमा निगरानी बढाउने तयारी गरेको छ ।
खबर अनुसार भारतले चीनसँगको सीमामा आफ्नो सर्विलान्स क्षमता बढाउने तयारी गरेको हो । त्यहाँ भारतले ठूलो मात्रामा ड्रोन, सेन्सर, सैनिक सर्वेक्षण र इलेक्ट्रोनिक युद्ध उपकरण तैनाथ गर्नेछ ।