जेठ ०४, २०८१, शुक्रबार
               

भोड्का च्यालेन्जले एक पुरुषको ज्यान गयो, लाइभ स्ट्रिमिङको क्रममा मृत्यु

एजेन्सी
माघ २५, २०७७

ADVERTISEMENT

रुसमा ६० वर्षका एक व्यक्तिले रक्सी पिउने चुनौती स्विकार गर्दा उनको मृत्यु भएको छ ।

ग्रेण्ड फादर अर्थात हजुरबा को नामले परिचित उनले साढे १ लिटर भोड्का पिएपछि उनको त्यही स्थानमै मृत्यु भएको हो ।

६० बर्षीय युरी डुसेचकिनलाई एक युट्युबरले लाईभ स्ट्रिमिङका क्रममा भोड्का पिउन चुनौती दिएका थिए ।

उनको मृत्यु युट्युबबाट भैरहेको लाइभ स्ट्रिमिङबाट दर्शकले प्रत्यक्ष हेरिरहेका थिए ।

लाइभ स्ट्रिमिङमा उनले रक्सी पिइरहेको हेरिरहेका दर्शक उनको मृत्यु भएको देखेर अचम्मित भए ।

द इन्डिपेन्डेन्टले जनाए अनुसार युरी डुसेचकिनलाई एक युट्युबरले धेरै रक्सी पिउन सके पैसा दिने शर्तसहितको चुनौती दिएका थिए ।

यस्ता प्रकारको चुनौतीलाई ‘थ्रेस स्ट्रिम’ वा ‘ट्र्यास स्ट्रिम’ भनिन्छ । आजकाल यो सोसल मिडियामा व्यापक ट्रेन्ड भइरहेको छ ।

रुसी अधिकारीले अघिल्लो हप्ता स्मोलेन्स्क शहरमा भएको यो घटनाको अनुसन्धान सुरु गरेका छन् ।

यसैबीच रुसी सांसद एलेक्सी पुष्कोवले यस्तो घटनामाथि प्रतिबन्ध लगाउनका लागि कानून बनाउनमा जोड दिएकी छिन् ।

उनले यस्ता घटनाले सोसल मिडियामा हिंसालाई र डिजिटल अपराधलाई प्रोत्साहन गरिरहेको बताएकी छिन् ।


कस्तो लाग्यो ?

यो पनि