जेठ ०४, २०८१, शुक्रबार
               

डब्ल्युटिओको प्रमुखमा पहिलोपटक अफ्रिकी महिला

नेपाल फ्ल्यास
माघ २४, २०७७

ADVERTISEMENT

एजेन्सी । विश्व व्यापार संगठन (डब्ल्युटिओ)को नेतृत्वमा पहिलो पटक अफ्रिकी महिलाले गर्ने पक्का भएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडनको प्रशासनले नाइजेरियाकी पूर्वअर्थमन्त्री डा. नगोजी ओकोनिजो लवालालाई समर्थन गरेपछि यो सम्भव भएको हो ।

यसअघि अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प प्रशासनले दक्षिण कोरियाकी यो माइयुङ हिलाई समर्थन गरेको थियो ।

राष्ट्रपति बाइडनले नाइजेरियाकी लवालालाई समर्थन गरेसँगै दक्षिण कोरियाकी योले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

योको उम्मेदवारी फिर्तासँगै विश्व व्यापार संगठनको प्रमुखमा पहिलो पटक अफ्रिकी महिला नाइजेरियाकी डा.नगोजी ओकोनिजो लवालाको नेतृत्व सुनिश्चित भएको हो ।

आगामी अक्टोबर महिनामा १ सय ६४ राष्ट्र सदस्य रहेको डब्ल्युटिओको नयाँ नेतृत्व चयन हुनेछ ।


कस्तो लाग्यो ?

यो पनि