बैशाख १७, २०८१, सोमबार
               

रूसले तीन देशका कुटनीतिज्ञलाई गर्‍यो देशनिकाला

नेपाल फ्ल्यास
माघ २४, २०७७

ADVERTISEMENT

एजेन्सी । एलेक्सी नाभेल्नीको समर्थनमा निस्किएको जुलुसमा सहभागी भएको आरोपमा रूसले जर्मनी, स्वीडेन र पोल्याण्डका तीन कुटनीतिकलाई देश निकाला गरेको छ ।

दुई साताअघि रूस प्रहरीले पक्राउ गरी हिरासतमा राखेको नाभेल्नीको समर्थनमा भइरहेका प्रदर्शनमा कुटनीतिज्ञहरू पनि सहभागी भएपछि देश निकाला गरेको रूसी विदेश मन्त्रालयले जनाएको छ ।

देश निकाला गरिएका तीन जनाले जनवरी २३ मा भएको प्रदर्शनमा सहभागि भएको मन्त्रालयको दाबी छ ।

कुटनीतिज्ञलाई देशनिकाला गरेकोमा युरोपेली युनियन, फ्रान्स र बेलायतले रूसको आलोचना गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि