जेठ ०४, २०८१, शुक्रबार
               

'पाँच करोड पाए मोदीको हत्या गर्छु' भन्ने व्यक्ति पक्राउ

एजेन्सी
माघ २४, २०७७

ADVERTISEMENT

भारतको पुदुचेरीका एक व्यक्तिले 'भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हत्या गर्ने' बताएका छन् । 

सामाजिक सञ्जाल फेसबुकमा ती व्यक्तिले लेखेका छन्, 'यदि कसैले मलाई पाँच करोड भारतीय रुपैयाँ दिन्छ भने म प्रधानमन्त्री मोदीको हत्या गरिदिन्छु ।'

उनको पोस्ट सामाजिक सञ्जालमा निकै भाइरल भयो । साथै भारतीय प्रहरीले तुरुन्तै एक्सन लियो ।

भारतीय प्रहरीले फेसबुकमा उक्त पोस्ट गर्ने ४३ वर्षीय व्यक्तिलाई पक्राउ गरेको जीन्युजले उल्लेख गरेको छ ।

पुदुचेरी प्रहरीका अनुसार, आरोपीको नाम सत्यनन्दम हो । आर्यनकुप्पम गाउँका उनी पेशाले रियल इस्टेट कारोबारी हुन् ।

बिहीबार पक्राउ परेका उनलाई अदालतमा पेश गरिएको थियो । अदालतले उनलाई न्यायिक हिरासतमा पठाएको छ ।

प्रहरीका अनुसार, प्रधानमन्त्रीलाई मार्ने धम्की दिएका सत्यनन्दमविरुद्ध भरतीय दण्ड संहिताको धारा ५०५ (१) तथा ५०५ (२) अन्तर्गत शत्रुता र घृणालाई बढावा दिएको आरोपमा केश दर्ज गरिएको छ ।


कस्तो लाग्यो ?

यो पनि