जेठ ०४, २०८१, शुक्रबार
               

भारतका किसानद्वारा आज देशव्यापी चक्काजामको घोषणा

एजेन्सी
माघ २४, २०७७

ADVERTISEMENT

नयाँ कृषि कानुनको विरुद्ध भारतका किसानहरुले आज देशव्यापी चक्काजामको घोषणा गरेका छन् ।

मध्यान्ह १२ बजेदेखि दिउँसो तीन बजेसम्म चक्काजाम गरिने किसानहरुले बताएका छन् ।

चक्काजामको क्रममा हिंसा भड्किन नदिनका लागि सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

संयुक्त किसान मोर्चाका बलबीर सिंह राजेवाल र राकेश टिकैतका अनुसार, आजको चक्काजाम युपी र उत्तराखण्डमा भने हुने छैन । दिल्ली एनसिआरमा समेत चक्काजाम नहुने बताइएको छ ।

यी तीन राज्यबाहेक अन्य सबै राज्यमा किसानहरुले चक्काजाम गर्न लागेका हुन् ।

युपी र उत्तराखण्डमा किसानहरुले जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउने बताएका छन् । भारतीय कांग्रेस पार्टीले किसान संघको चक्काजामलाई समर्थन गरेको छ ।

चक्काजाममा इमरजेन्सी तथा अत्यावश्यक सेवा जस्तै एम्बुलेन्स, विद्यालय बस आदिलाई भने अवरोध नगरिने किसान संघल जनाएको छ ।

यसअघि २६ जनवरीमा भारतमा हिंसात्मक आन्दोलन भएको थियो ।


कस्तो लाग्यो ?

यो पनि