जेठ ०४, २०८१, शुक्रबार
               

इजरायली प्रधानमन्त्रीको युएइ र बहराइन भ्रमण स्थगित

नेपाल फ्ल्यास
माघ २३, २०७७

ADVERTISEMENT

जेरुसेलम । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको युनाइटेड अरब इमिरेट्स (युएइ) र बहराइनको भ्रमण स्थगित भएको छ । कोरोना भाइरसको महामारी फैलिदै गएपछि इजरायलमा लकडाउन कायमै रहेकाले उनले भ्रमण स्थगित गरेको अधिकारीहरुले जानकारी दिएका छन् ।

‘युएइका राजा र युवराजको मैत्रीपूर्ण निमन्त्रणालाई प्रधानमन्त्री नेतान्याहुले स्वीकारर्दै भ्रमणमा जाने कार्यक्रम थियो र भ्रमण दुई देशबीचको सम्वन्धका लागि महत्वपूर्ण हुने अपेक्षा पनि थियो तर स्थगित गनुपर्यो,’ नेतान्याहुको कार्यालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।देशमा असामान्य अवस्था आएकाले प्रधानमन्त्रीले अति महत्वपूर्ण भ्रमण पनि स्थगित गर्नु परेको वक्तव्यमा लेखिएको छ ।

उनको भ्रमणको बेलामा कोरोना भाइरसको महामारीका कारण इजरायलमा हवाई सेवा बन्द भएकाले पनि उनलाई भ्रमणको लागि प्रस्थान गर्न कठिनाई भएको हो । उनले गत बुधबार अर्को हप्ता आफु युएइ र बहराइन भ्रमणमा जाने योजना बनाएको बताएका थिए । 

यो पनि