जेठ ०४, २०८१, शुक्रबार
               

सैनिक ‘कु’ पछि आङ सान सुकीविरुद्ध यस्तो मुद्दा

एजेन्सी
माघ २१, २०७७

ADVERTISEMENT

सैनिक ‘कु’ को शिकार बनेकी नेतृ आङ सान सुकीविरुद्ध म्यान्मार प्रहरीले मुद्दा चलाएको छ ।

आयात–निर्यात कानून तोडेको अभियोग लगाउँदै सुकीमाथि मुद्दा चलाइएको हो ।

बुधबार फेला पारेको प्रहरी दस्तावेजअनुसार सुकीलाई १५ फेब्रुअरीसम्म हिरासतमा राख्न पनि निर्देशन दिइएको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ । 

राजधानी नेपिदोस्थित प्रहरी स्टेशनबाट प्राप्त दस्तावेजअनुसार सुकीको घरमा छापा मारेका सैन्य अधिकारीहरुले यसक्रममा हाते रेडियोहरु बरामद गरेका छन् ।

यी रेडियोहरु अवैधाकि रुपमा आयात गरिएको र बिना अनुमति प्रयोग गरिएको दस्तावेजमा उल्लेख छ ।

अपदस्थ राष्ट्रपति विन माइन्टविरुद्ध पनि प्राकृतिक विपद् व्यवस्थापन कानूनअन्तर्गत प्रहरीले अभियोग दर्ता गराएको छ । 


कस्तो लाग्यो ?

यो पनि