जेठ ०४, २०८१, शुक्रबार
               

७८०० कर्मचारी कटौती गर्दै  ‘सिमेन्स इनर्जी’

नेपाल फ्ल्यास
माघ २१, २०७७

ADVERTISEMENT

फ्रान्कफर्ट । जर्मनीको सिमेन्स इनर्जीले आगामी चार वर्षभित्र सात हजार आठ सय कर्मचारी कटौती गर्ने घोषणा गरेको छ । दिर्घकालीन वित्तीय संरचनालाई चुस्त राखी कम्पनीको प्रतिस्पर्धात्मक क्षमता बढाउने उद्देश्य राखी कटौती गर्न लागेको हो ।

 विश्वभर परिवर्तन भइरहेको ऊर्जा बजारका कारण रोजगारी कटौती गर्नु परेको कम्पनीले जनाएको छ । कम्पनीले ग्यास र विद्युत ऊर्जा क्षेत्रमा कार्यरत कर्मचारी हटाउने तयारी गरेको छ ।

सिमेन्समा हाल विश्वभर करिब ९० हजार व्यक्ति कार्यरत छन् । प्रस्ताव अनुसार जर्मनीमा तीन हजार, संयुक्तराज्य अमेरिकामा एक हजार ७०० र अन्य स्थानमा कार्यरत तीन हजार १०० व्यक्ति रोजगारी कटौतीमा पर्नेछन् ।

सन् २०२५ को वित्तीय वर्षबाट कटौतीमा पर्ने कर्मचारीहरुमध्ये मुख्यगरी व्यवस्थापन, प्रशासन र बिक्रीतर्फका रहेका छन् । एजेन्सीको सहयोगमा


कस्तो लाग्यो ?

यो पनि