जेठ ०४, २०८१, शुक्रबार
               

म्यानमारमा नागरिकले सैन्य ‘कू’ विरुद्ध थाल ठटाए

नेपाल फ्ल्यास
माघ २१, २०७७

ADVERTISEMENT

म्यानमार । म्यानमारको राजधानी याङ्गुनका शहरबासिन्दाले भाँडा तथा गाडीका हर्न बजाएर सैन्य ‘कू’ को विरोध गरेका छन् ।

म्यानमारमा भएको सैन्य ‘कू’ को विरोधको क्रम आन्तरिक तथा अन्तर्राष्ट्रिय रुपमा तीव्र हुँदै गएको छ । सोमबार बिहान सेनाले गरेको ‘कू’ को विरोधमा विश्व समुदाय एक भइरहँदा म्यानमारका बासिन्दा पनि विरोधमा उत्रिएका हुन् ।

सोमबार सेनाले निर्वाचित सरकारका राष्ट्रपति, नेतृ आङ साङ सुकीसहितलाई गिरफ्तार गरि सत्ता आफ्नो नियन्त्रणमा लिएको थियो । सेनाले एक वर्षका लागि देशमा संकटकालको घोषणा पनि गरेको छ ।

प्रजातन्त्रमाथि भएको आक्रमणको विरोधमा स्वास्थ्यकर्मीहरुले देशका प्रमुख शहरहरुमा हडतालको योजना बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यस्तै अभियन्ताहरुले सत्ताप्रति नागरिक बहिष्कारका लागि आह्वान गरेका छन् । तर सुरक्षा व्यवस्था अति नै कडा भएकाले अवस्था सेनाको पूर्ण नियन्त्रणमा रहेको पत्रकारहरुले बताएको बिबिसी तथा रोयटर्सले उल्लेख गरेका छन् ।

 

 


कस्तो लाग्यो ?

यो पनि