मंसिर ०७, २०८१, शुक्रबार
               

चीनले नेपाललाई तीन लाख डोज कोभिड भ्याक्सिन अनुदान दिने

नेपाल फ्ल्यास
माघ १८, २०७७

ADVERTISEMENT

काठमाडौं । चीनले नेपाललाई तीन लाख डोज कोभिड भ्याक्सिन अनुदानमा दिने भएको छ।

काठमाडौंस्थित चिनियाँ दूतावासका अनुसार तीन लाख डोज नेपाललाई उपलब्ध गराउन चीन सरकारले निर्णय गरेसकेको छ । चिनियाँ दूतावासले आइतबार साँझ प्रकाशित एक विज्ञप्ति जारी गरी सो जानकारी दिएको हो । 

‘कोभिड–१९ विरुद्धको लडाईंमा विजयी बन्न नेपाल र नेपाली जनतालाई चीनले अनुदानमा उपलब्ध गराउने खोपबाट मद्दत मिल्ने विश्वास छ,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘चीन सरकार नेपाली पक्षसँग मिलेर काम गर्न तयार छ ।’

नेपाल र चीन असल छिमेकी, मित्रराष्ट्र र साझेदार मुलुक भएको उल्लेख गर्दै सो विज्ञप्तिमा भनिएको छ,  ‘कोभिड–१९ विरुद्धको खोप अनुदानमा उपलब्ध गराउने निर्णय नेपाल–चीन मित्रताको महत्व झल्काउँछ ।’

यसअघि भारतले १० लाख डोज कोभिड भ्याक्सिन अनुदानमा दिएपछि अहिले ७७ जिल्लामै स्वास्थ्यकर्मीलगायतलाई भ्याक्सिन लगाउन सुरु गरिएको छ।


कस्तो लाग्यो ?

यो पनि