बैशाख २१, २०८१, शुक्रबार
               

हङकङकी कार्यकारी प्रमुख क्यारी लाम र सीबीच वार्ता

नेपाल फ्ल्यास
माघ १४, २०७७

ADVERTISEMENT

काठमाडौं । हङकङकी कार्यकारी प्रमुख क्यारी लाम र चीनका राष्ट्रपति सी चिनफिङबीच भिडिओवार्ता भएको छ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार हङकङमा कोरोना भाइरसको असरबारेमा उनीहरुबीच बुधबार भिडियोवार्ता भएको हो । त्यसैगरी, बुधबार बिहान लामले मुख्यक्षेत्र चीनको प्रधानमन्त्री लि खछ्याङसँग कुराकानी गरेको बताइएको छ।

चीनले हङकङकी प्रमुखसँग सहरको योजनाबारेमा सोधेको थियो। उक्त भिडियोवार्तामा मकाउका प्रमुख हो लात–सेङ पनि सहभागी भएको बताइएको छ। हङकङमा बुधबार ६० नयाँ कोरोना संक्रमित पहिचान भएका छन् भने कोरोना संक्रमितको कुल संख्या १० हजार २८२ पुगेको छ।


कस्तो लाग्यो ?

यो पनि