बैशाख २०, २०८१, बिहीबार
               

अमेरिकी राष्ट्रपति बाइडेनलाई जर्मन भ्रमणको लागि मर्केलको निम्तो

नेपाल फ्ल्यास
माघ १४, २०७७

ADVERTISEMENT

बर्लिन । जर्मन चान्सलर एन्जेला मर्केलले नव निर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनलाई जर्मनी भ्रमणका लागि निमन्त्रणा दिएकी छन् ।

बाइडेनले सत्ता सम्हालेपछि गरिएको पहिलो टेलिफोनमा जर्मन चान्सलर मर्केलले बाइडेनलाई महामारीजन्य जोखिम कम हुँदासाथ जर्मनी भ्रमणको निम्ता दिएकी हुन् । 

बाइडेनलाई अमेरिकी राष्ट्रपतिका रूपमा सपथ खाएपछि मर्केलले जर्मनी अमेरिकी नयाँ नेतृत्वसँग आफ्ना यूरोपेली तथा ट्रान्सएटलान्टिक सहयोगी मुलकसँग मिलेर अन्तर्राष्ट्रिय कामहरू गर्न इच्छुक रहेको बताइएकाे छ ।

उक्त फोन वार्तामा दुबै नेताले कोभिड–१९ महामारीको सामना गर्न थप अन्तर्राष्ट्रिय प्रयासहरू आवश्यक पर्ने बताएका थिए । भेटबारे जानकारी गराउन जर्मन संघीय सरकारले जारी गरेको वज्ञप्तिमा भनिएको छ, ‘जर्मन चान्सलरले अमेरिकी राष्ट्रपतिद्वारा विश्व स्वास्थ्य सङ्गठनबाट नअलग्गिने प्रक्रियालाई अघि बढाएकोमा अमेरिकी धारणाको स्वागत गर्नुभएको छ ।’

सो अवसरमा मर्केल र बाइडेनबीच खासगरी इरान र अफगानिस्तानबारे वैदेशिक नीति र व्यापार तथा जलवायु नीतिबारे पनि छलफल गरेको जर्मनीले बताइएको छ ।  

यो पनि