बैशाख २०, २०८१, बिहीबार
               

इटलीका प्रधानमन्त्री राजीनामा राष्ट्रपतिद्वारा स्वीकृत

नेपाल फ्ल्यास
माघ १३, २०७७

ADVERTISEMENT

इटलीका प्रधानमन्त्री जुसेप कोन्टेले मङ्गलबार राष्ट्रपति सर्जियो मातारेलालाई भेटी सरकार प्रमुखबाट राजीनामा दिने जानकारी गराएका छन् ।

सरकारद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ, “प्रधानमन्त्री कोन्टेले राजीनामा दिने इच्छा राष्ट्रपतिसँग प्रकट गर्नुभएको छ ।”

राष्ट्रपतिको कार्यालयबाट प्राप्त जानकारीमा प्रधानमन्त्रीले राजीनामाका लागि गरेको आग्रहलाई राष्ट्रपतिले स्वीकृत गरेको उल्लेख गरिएको छ ।

गण्तन्त्र इटलीका राष्ट्रपतिसँग रहेको अधिकार प्रयोग गर्दै प्रधानमन्त्रीले पदबाट दिएको राजीनामा स्वीकृत गरेकाे राष्ट्रपतिको कार्यालयद्वारा मङ्गलबार नै जारी विज्ञप्तिमा भनिएको छ ।

यससँगै मातारेलाले छिट्टै नयाँ सरकार गठनका लागि इटलीका राजनीतिक दललाई आग्रह गर्ने बाटो खुलेकाे छ । वर्तमान् सरकारलाई सन् २०२३ को मार्चसम्म काम गर्ने जिम्मेवारीसहित सन् २०१८ मा पाँच वर्षका लागि कोन्टे इटलीको प्रधानमन्त्री बनेका थिए । 


कस्तो लाग्यो ?

यो पनि