बैशाख २१, २०८१, शुक्रबार
               

बेलायतमा विद्यालय खोल्न प्रधानमन्त्री जोनसनलाई दबाब

नेपाल फ्ल्यास
माघ १३, २०७७

ADVERTISEMENT

लन्डन । बेलायत सरकारले इङ्ल्याण्डमा पुनः विद्यालय खोल्ने रणनीति विस्तारका लागि सोमबार बढ्दो दबाबको सामना गर्नु परेको छ । सांसदहरूले विद्यालहरू महिनौँसम्म बन्द रहन सक्ने रिपोर्टबारे बहस चलाएपछि सरकारलाई विद्यालय खोल्नका लागि दबाब परेको हो ।

प्रधानमन्त्री बोरिस जोनसनको सत्तारूढ कन्जर्भेटिब्स पार्टीका एक दर्जन सांसदहरूले महामारीका कारण ‘बिर्सिएका पीडित’ का रूपमा विद्यार्थीहरू पर्ने खतरा देखिएको भन्दै विद्यालयहरूलाई शीघ्र पूर्ण रूपमा खोल्नका लागि माग गरेका छन् । 

समूहमा पूर्वमन्त्री एस्टर म्याकवे र कन्जर्भेटिभ सांसदहरूको प्रभावशाली समितिका प्रमुख ग्राहम ब्रैडीले यस मुद्दामा अभिभावकको दबाब समूह अभियानको समर्थन गरेका छन् ।

‘हामीले आफ्ना बच्चाहरूको निरन्तर कक्षा सञ्चालनमा जोड दिन जरुरी छ,’ बेलायतको संसदको शैक्षिक निगरानी समितिका अध्यक्ष तथा सांसद रोब हाफनले ट्वीट्रमार्फत सम्प्रेषण गरेको सन्देशमा भने । 

उनले भने, ‘सरकारी संयन्त्रले हाम्रा विद्यालयहरू खोल्ने दिशामा निर्देशित हुनुपर्दछ अन्यथा हामीहरू शैक्षिक गरिबी र मानसिक स्वास्थ्यको महामारीको सामना गर्नुपर्नेछ ।’ 

यद्यपि हाफनको सोमबारको यो अडानले संसदमा यथोचित ध्यानाकर्षण गर्न नसकेको देखिएको छ । बेलायती संसद ‘हाउस अफ कमन्स’का सभामुख लिन्जी होयलले यसलाई विषयान्तर गर्दै संसदीय छलफललाई अघि बढाएका थिए । 

उत्तरपश्चिम लन्डनमा एउटा खोप स्थलको भ्रमणको क्रममा प्रधानमन्त्री जोनसनले बेलायती अधिकारीहरूले दैनिक प्रमुख तथ्यांकहरूको समीक्षा गरिरहेका बताएका थिए । उनले विद्यालयका विषयमा शिक्षक र अभिभावकहरूलाई सरकारले सकेसम्म चाँडो सूचना जारी गर्ने आश्वासन दिएका छन् । 

जोनसनले भने, ‘विद्यालयहरू स्पष्टतः प्राथमिकतामा हुनेछन् तर मलाई लाग्दैन कि कसैले पनि प्रतिबन्ध यति छिट्टै हटाउन चाहन्छ, किनकि सङ्क्रमणको दर अझै धेरै छ भने यसले सङ्क्रमण दरलाई थप फैलाउन सक्छ ।’ 

कोभिड–१९ संक्रमण बढेपछि बेलायतले तेस्रो पटक नियन्त्रणका उपायस्वरूप लकडाउनलाई निरन्तरता दिने निर्देशन दिएको छ । सेप्टेम्बरमा दक्षिण पूर्व इ भ्लनबिलम्ल्यान्डमा पहिलो पटक पहिचान गरिएको थप संक्रामक भाइरस प्रकारको उद्भवको लागि वृद्धिलाई जिम्मेवार ठहराइएको छ। 

बेलायतले लकडाउन वृद्धि गर्नुपर्नाको कारण दक्षिणपूर्वी क्षेत्रमा भेटिएको सङ्क्रमण फैलावटका दृष्टिले बढी खतरनाक मानिएको भाइरसलाई जिम्मेवार देखाएको छ ।

यो पनि