जेठ ०४, २०८१, शुक्रबार
               

लद्दाखमा भारत र चीनबीच नवौं चरणको वार्ता सुरु

एजेन्सी
माघ ११, २०७७

ADVERTISEMENT

भारत-चीनबीच जारी सीमा विवाद समाधानका लागि भारत र चीनबीच आज नवौं चरणको वार्ता भइरहेको छ ।

झन्डै साढे दुई महिनापछि आज दुई देशबीच सैनिक कमान्डरस्तरीय वार्ता भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

वार्तामा भारततर्फ एक्सआईभी कोर्प्सका कमान्डर लेफ्टिनेन्ट जनरल पीजीके मेनन र चीनतर्फ दक्षिण सिनजियाङ सैन्य क्षेत्रका कमान्डर मेजर जनरल लियु लिनले नेतृत्व गरेका छन् ।

बैठक एलएसीनजिक चीनतर्फको भूभाग चुङ्सुलमा भइरहेको बताइएको छ ।

वार्तामा विदेश मन्त्रालयका प्रतिनिधि पनि सहभागी हुने सम्भावना रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

भारतका एक वरिष्ठ अधिकारीका अनुसार नवौं चरणको यो वार्तालाई निकै महत्वपूर्ण रूपमा हेरिएको छ । यो वार्तामा सीमा विवाद समाधानका लागि दुई पक्षबीच लिखित सम्झौता हुने सम्भावना छ ।

दुई देशको सीमा पूर्वी लद्दाखस्थित गलवान उपत्यकामा गत जुन १५ तारिख दुई देशका सैनिकबीच झडप हुँदा भारतका २० सैनिकको मृत्यु भएको थियो । तर चीनतर्फको क्षतिबारे अहिलेसम्म आधिकारिक जानकारी दिइएको छैन ।

त्यसयता भारत र चीनबीच सीमा विवाद चर्किएको छ । समाधानका लागि धेरैपटक वार्ता भए पनि सहमति हुन सकेको छैन ।


कस्तो लाग्यो ?

यो पनि