अमेरिकाका चर्चित टेलिभिजन प्रस्तोता ल्यारी किङको मृत्यु भएको छ ।
सिएनएनका टेलिभिजनकर्मी ल्यारीको ८७ वर्षको उमेरमा शनिबार मृत्यु भएको हो । उनी लेखक समेत हुन् ।
सिएनएनमा उनले चलाएको कार्यक्रम ल्यारी किङ लाइभ निकै चर्चित छ ।
ल्यारीले रेडियो, टेलिभिजन र डिजिटल माध्यममा गरी ६३ वर्ष सञ्चारमाध्यममा सक्रिय थिए ।
ल्यारीलाई केही समय अघिमात्रै कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
फोक्सोको क्यान्सरबाट पीडित उनलाई धेरै पटक हृदयाघातसमेत भएको थियो ।
उनले ल्यारी किङ कार्डियाक फाउन्डेसन पनि स्थापना गरेका छन् ।