जेठ ०४, २०८१, शुक्रबार
               

सिरम इन्स्टिच्युट अफ इन्डियामा भएकाे आगलागीबाट हजार करोडकाे क्षति

एजेन्सी
माघ १०, २०७७

ADVERTISEMENT

भारतको पुणेस्थित कोरोनाविरुद्ध खोप उत्पादक कम्पनी सिरम इन्स्टिच्युट अफ इन्डियामा भीषण आगलागी भएको छ ।

बिहीबार भएको आगलागीबाट पाँच जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

साथै आगलागीबाट हजार करोड भारतीय रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ ।

आगलागीबाट हजार करोडभन्दा बढीको सम्पत्ति क्षति भएको कम्पनीका कार्यकारी अधिकृत (सिइओ) अदार पुनावालाले जानकारी दिए ।

तर कोरोनाविरुद्धको खोप आपूर्तिमा भने आगलागीले कुनै असर नगरेको उनले बताए । 

पुनावालाले भने, ‘आगलागीबाट भएको क्षतिको असर कोरोनाविरुद्धको खोप उत्पादनमा पर्दैन । हामीले धेरै कारखानाबाट खोप बनाइरहेका छौं ।’

तर बिसिजी इन्जेक्सनको आपूर्ति भने प्रभावित हुनसक्ने उनले बताए ।

यसैबीच कम्पनीले आगालगीमा परी मृत्यु भएका पाँच जनाको परिवारलाई जनही २५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

यो पनि