जेठ ०४, २०८१, शुक्रबार
               

अमेरिकी राष्ट्रपति वाइडेनले दिए डब्लुएचओसँगको सम्बन्धलाई निरन्तरता

नेपाल फ्ल्यास
माघ ०९, २०७७

ADVERTISEMENT

जेनेभा । अमेरिकी नयाँ राष्ट्रपति जो वाइडेनले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) सँगको सम्बन्धलाई निरन्तरता दिएका छन् । उनले राष्ट्रपतिको कार्यभार सम्हालेको पहिलो दिन नै आदेश जारी गर्दै डब्लुएचओसँगको सम्बन्धलाई निरन्तरता दिने निर्णय गरेका हुन् । 

यसअघि निवर्तमान् राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लुएचओसँगको सम्बन्ध अन्त्य गरिएको घोषणा गरेका थिए । सो निर्णयको सर्वत्र आलोचना भएको थियो । वाइडेनले ट्रम्पको गल्तीलाई सच्याएको रुपमा लिइएको छ । 

अघिल्लो राष्ट्रपतिको निर्णयलाई सच्याएकोमा डब्लुएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले धन्यवाद दिएका छन् । विश्वभरी स्वास्थ्य महामारी चलिरहेका बेला डब्लुएचओसँग अमेरिकाको सहकार्य अत्यावश्यक रहेको आवाज उठिरहेका बेला अमेरिकाले फेरि सम्बन्धलाई जोडेको बताएको हो । 

यो पनि