जेठ ०४, २०८१, शुक्रबार
               

शक्तिशाली भूकम्पपछि इन्डोनेसियामा ज्वालामुखी विस्फोट

एजेन्सी
माघ ०४, २०७७

ADVERTISEMENT

इन्डोनेसियामा निकै ठूलाे ज्वालामुखी विस्फोट भएको छ ।

शक्तिशाली भूकम्प गएको एक दिनपछि जाभा टापुमा रहेको माउन्ट सेमरुममा ज्वालामुखी फुटेको (विस्फोट भएको) हो ।

स्थानीय समयअनुसार शनिबार साँझ ५ बजेर २४ मिनेट जाँदा ज्वालामुखी विस्फोट भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

विस्फोटका कारण धुवाँको मुस्लोसहित ५ किलोमिटर परसम्म खरानी तथा लाभा छरिएका छन् ।

जाभा, इन्डोनेसियाको सबैभन्दा घनाबस्ती भएको टापु हो ।

तर घटनामा भएको क्षतिको विषयमा अहिलेसम्म कुनै जानकारी आइसकेको छैन ।

विस्फोटपछि इन्डोनेसियाको विपद् न्यूनीकरण एजेन्सीले माउन्ट सेमरुम आसपासका बासिन्दालाई सतर्क रहन भन्दै चेतावनी जारी गरेको छ ।

यसअघि शुक्रबार इन्डोनेसियाकै सुलेवसी प्रान्तमा ६.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।

भूकम्पका कारण ५६ जनाको मृत्यु भइसकेको छ भने ८२० जना घाइते भएका छन् । साथै १५ हजार मानिस घरवारविहीन  भएका छन् ।

यो पनि