जेठ ०४, २०८१, शुक्रबार
               

राजस्थानमा गुडिरहेको बसमा आगलागी : ६ जनाको मृत्यु, ३६ घाइते

एजेन्सी
माघ ०४, २०७७

फाइल फोटो
ADVERTISEMENT

भारतको राजस्थानमा शनिबार राति गुडिरहेको बसमा आगलागी भएको छ । घटनामा हुँदा ६ जनाको मृत्यु भएको छभने ३६ जना घाइते भएका छन् ।

राजस्थानको जालोरमा राति ११ बजे गुडिरहेको बसले ११ हजार भोल्टेजको बिजुलीको हाइटेन्सन लाइनको तार छुँदा आगलागी भएको भारतीय सञ्चारमाध्यमहरुले जनाका छन् । 

३६ जनालाई जलेको अवस्थामा उद्धार गरी अस्पतालमा भर्ना गरिएको छ । उनीहरुमध्ये केहीको अवस्था गम्भीर छ ।

ज्यान गुमाउने र घाइते सबै जैन धर्माबलम्बी हुन् । तीर्थस्थल गएर फर्किंदै गरेका यात्रु सवार बस दुर्घटनामा परेको हो ।


कस्तो लाग्यो ?

यो पनि