जेठ ०५, २०८१, शनिबार
               

इन्डोनेसियामा शक्तिशाली भूकम्प जाँदा कम्तिमा ४२ जनाको मृत्यु

नेपाल फ्ल्यास
माघ ०३, २०७७

ADVERTISEMENT

इन्डोनेसियामा शक्तिशाली भूकम्प गएको छ । भूकम्पका कारण अहिलेसम्म कम्तिमा ४२ जनाको ज्यान गएको पुष्टि भएको छ ।

इन्डोनेशियाको सुवावेसी आइल्याण्ड केन्द्रविन्दु भएर भूकम्प गएको हो। भग्नावशेषमा पुरिएका वा फसेकाहरुको खोजी तथा उद्धारको काम जारी रहेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने जनाइएको छ ।

स्थानीय समय अनुसार शुक्रबार बिहान ६.२ म्याग्निच्युडको भूकम्प गएको हो । त्यसको केही अघि सानो धक्का गएको थियो ।

भूकम्पमा परेर सयौँ व्यक्ति घाइते भएका छन् भने हजारौँ मानिस विस्थापित भएका छन् ।

इन्डोनेशियामा भूकम्प तथा त्यसका कारण आउने सुनामीले मानवीय तथा भौतिक क्षति गर्ने गरेको छ । सन् २०१८ मा सुवावेसीमा मात्रै भूकम्पका कारण दुई हजार भन्दा बढिको ज्यान गएको थियो ।


कस्तो लाग्यो ?

यो पनि