जेठ ०५, २०८१, शनिबार
               

इन्डोनेसियामा भूकम्प जाँदा ठूलो मानवीय क्षति

नेपाल फ्ल्यास
माघ ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । इन्डोनेसियाको सुलावेसी टापूमा भूकम्प गएको छ । 

स्थानीय समयअनुसार शुक्रबार बिहान ६ दशमलव २ रेक्टर स्केलको भूकम्प सो स्थानमा गएको हो । भूकम्प जाँदा  ३४ भन्दा बढीको मृत्यु हुनुका साथै ६ सयभन्दा बढी घाइते भएका छन् ।

त्यसैगरी, भूकम्पका कारण १५ हजारभन्दा बढीले घर छाडेको विभिन्न  सञ्चारमाध्यमले उल्लेख गरेका छन्  । मेजिनको उत्तरतर्फ अस्पताल भवन भत्कदाँ दर्जनौं बिरामी र कर्मचारीहरु भग्नावशेषमै पुरिएको बताइएको छ । 

भौतिक रुपमा पनि क्षति पुगेको बताइएको छ । सो भूकम्पको इपिसेन्टर मेजिन शहरको उत्तरपूर्वतर्फ ६ किलोमिटर टाढा रहेको बताइएको छ । 


कस्तो लाग्यो ?

यो पनि