बैशाख २२, २०८१, शनिबार
               

किम जोङले बहिनीलाई पोलिटब्युरोमा स्थान दिएनन्

नेपाल फ्ल्यास
पुस २८, २०७७

ADVERTISEMENT

एजेन्सी । उत्तर कोरियाका नेता किम जोङ उनले सत्तारुढ वर्कर्स पार्टीको शक्तिशाली पोलिटब्युरोमा आफ्ना अत्यन्त प्रभावशाली बहिनी किम यो जोङलाई स्थान दिएका छैनन् । उक्त कदमलाई लिएर आफ्नै बहिनीको बढ्दो प्रभावलाई लिएर किम संशकित भएको हुनसक्ने अनुमान गरिएको छ ।

उत्तर कोरियामा आइतबार केन्द्रीय कमिटीको चुनाव भएको थियो । किम यो जोङ अहिले सेन्ट्रल कमिटीकी एक सदस्य रहिरहने छिन् । तर, उनलाई पोलिटब्युरोको सूचीमा समावेश गरिएको छैन । यसअघि, किम जोङ उनले आफ्नी बहिनीको नाम पोलिटब्युरोको सूचीमा समावेश गर्न सकिने अपेक्षा गरिएको थियो । यसअघि, पार्टीको बैठकमा ३८ नेताहरूबीच किम यो जोङ पनि देखिएकी थिइन् ।

किम यो जोङको प्रभाव केही वर्षमा धेरै बढेको छ । शुरुआतमा किम यो जोङ आफ्नै दाजुको निजी सचिवका रूपमा देखिएकी थिइन् र त्यसपछि दक्षिण कोरिया मामिलाका विशेष दूत बनाइयो । सन् २०१७ मा उनी केन्द्रीय कमिटीमा दोस्रो महिला सदस्य बनेकी थिइन् । दक्षिण कोरियाको गुप्तचर एजेन्सीका अनुसार किम यो जोङ देशमा दोस्रो पंक्तिकी नेताका हैसियतले काम गरिरहेकी छन् ।

कोरियाली मामिलाका विशेषज्ञ प्रोफेसर लिम इल चुलका अनुसार किम यो जोङको हैसियतलाई लिएर अहिले नै कुनै निश्कर्षमा पुग्नु हतार हुनेछ । किनभने, उनी अहिले पनि सेन्ट्रल कमिटीकी सदस्य भएको उनको तर्क छ । किम जोङ उनले उनलाई अन्य महत्त्वपूर्ण पद दिएको हुनसक्छ ।

किमले आफ्नो पकड बलियो पार्न यस्तो गरेको सञ्चार माध्यमहरूमा बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि