बैशाख २५, २०८१, मंगलबार
               

ट्रम्पमाथि महाअभियोग लगाउने अन्तिम तयारी

नेपाल फ्ल्यास
पुस २७, २०७७

ADVERTISEMENT

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाअभियोग लगाउने अन्तिम तयारी भएको छ । तल्लो सदनमा बहुमत रहेको डेमोक्र्याटिक पार्टीका सांसदको अगुवाईमा ट्रम्पविरुद्ध उक्त तयारी भएको हो ।

सभामुख न्यान्सी पेलोसीले संविधानको २५औँ संशोधनलाई सक्रिय बनाएर ट्रम्पलाई सत्ताच्युत गर्न उपराष्ट्रपति माइक पेन्सलाई अपिल गर्ने र सो अनुसार नभएमा ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने तयारी गरेको सिएनएनले जनाएको छ ।

२५औँ संशोधन सक्रिय बनाउने अपिलबारे उपराष्ट्रपति पेन्सले २४ घण्टाभित्र जवाफ दिनुपर्ने दबाब छ ।

अहिलेसम्मका रिपोर्टिङ्गहरुमा पेन्स २५ औँ संशोधन सक्रिय पार्ने पक्षमा नदेखिए पनि उनले २५ औँ संशोधनको विकल्पलाई पूर्ण रुपमा बन्द भने नगरेको सिएनएनका चिफ ह्वाइट हाउस रिपोर्टर जिम एकोस्टाले बताए ।

पेन्सको जवाफ सोचेजस्तो नआएमा मंगलबार तल्लो सदनमा महाअभियोग प्रस्तावमाथि मतदान गर्ने तयारी भएको छ ।

डेमोक्र्याटहरुले संसद भवनमा गएको बुधबार भएको हिंसात्मक आक्रमण तथा विद्रोहका लागि उक्साएको अभियोग लगाउने तयारी गरेका छन् ।

 

 


कस्तो लाग्यो ?

यो पनि