बैशाख १८, २०८१, मंगलबार
               

जकार्ता विमान दुर्घटना : उद्धारकर्ताले फेला पारे मानव अवशेष

एजेन्सी
पुस २६, २०७७

ADVERTISEMENT

जकार्ता । इन्डोनेसियाको राजधानी जकार्ता नजिकको जलक्षेत्रबाट उद्धारकर्ताहरुले एउटा दुर्घटनाग्रस्त विमानमा सवार व्यक्तिका अवशेष, विमानका टुक्रा र लत्ताकपडा बाहिर निकालेका छन् । 

जकार्ताबाट शनिबार अपराह्न उडेको एउटा यात्रुबाहक विमान उडेको केही मिनेटभित्रै जकार्ता नजिकको समुद्री क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो । विमानमा चालक दलका सदस्य सहित ६२ जना सवार थिए ।

जकार्ताको सोकार्नो-हाता अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको श्रीविजया एयरको बोइङ ७३७-५०० विमान उडेको चार मिनेटभित्रै सिधै समुद्रमा खसेको अनुसन्धानबाट खुलेको थियो ।

इन्डोनेसियाली यातायात मन्त्रालयका अनुसार, सेना समेतको सहयोगमा गोताखोरहरुले विमानको अवशेष पानीको सतहभन्दा करिब ७५ फिटमुनि फेला पारेका थिए ।

विमानको भ्वाइस तथा डाटा रेकर्डर भने फेला परेको छैन । 

इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले गहिरो समवेदना व्यक्त गर्नु भएको छ । 

विमानमा सवार सबै व्यक्ति इन्डोनेसियाली रहेका थिए जसमा १० जना बालबालिका पनि थिए ।

यो पनि