जेठ ०६, २०८१, आइतबार
               

विश्वकै खराब सूचीमा नेपालको पासपोर्ट

नेपाल फ्ल्यास
पुस २६, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालको पासपोर्ट विश्वकै खराब सूचीमा परेको छ ।

पासपोर्टबारे सूची राख्ने एजेन्सी हेन्ले पासपोर्ट इन्डेक्सले सन् २०२१ का शक्तिशाली पासपोर्ट भएका देशको सूची सार्वजनिक गर्दा नेपाल ११० मुलुकमध्ये १०४ औँ स्थानमा परेको छ ।

सूचीमा सबैभन्दा शक्तिशाली पासपोर्टमा जापान पहिलो स्थानमा छ । दक्षिण एसियामा सबैभन्दा कमजोर पासपोर्ट पाकिस्तान र अफगानिस्तानको रहेको छ ।

नेपालको पासपोर्ट उत्तर कोरिया र सुडानको भन्दा पनि खराब सूचीमा परेको छ ।  उत्तर कोरिया १०३औँ र सुडान १०२औँ स्थानमा रहँदा नेपाल १०४ औँ स्थानमा परेको हो।

सो सूचीमा नेपालले ३८ वटा मुलुकमा फ्रि भिसाको अवसर प्राप्त गरेको छ । नेपालसँगै द्वन्द्वग्रस्त मुलुक लिबिया पनि सोही स्थानमा छ ।

हेर्नुहोस् सूची

शक्तिशाली पासपोर्ट भएका देश

१. जापान (१९१ देश)

२. सिंगापुर (१९०)

३. दक्षिण कोरिया, जर्मनी (१८९)

४. इटाली, फिनल्याण्ड (१८८)

५. स्पेन, लक्जमबर्ग, डेनमार्क (१८७)

 

सबैभन्दा खराब पासपोर्ट भएका देश

१००. उत्तर कोरिया, सुडान (३९ देश)

१०१. नेपाल, प्यालेस्टाइनी क्षेत्र (३८)

१०२. लिबिया (३७)

१०३. यमन (३३)

१०४. सोमालिया, पाकिस्तान (३२)

१०५. सिरिया (२९)

१०६. इराक (२८)

१०७. अफगानिस्तान (२६)


कस्तो लाग्यो ?

यो पनि