बैशाख २४, २०८१, सोमबार
               

ट्रम्पले परमाणु हमलाको आदेश दिन सक्ने चिन्ता

नेपाल फ्ल्यास
पुस २६, २०७७

ADVERTISEMENT

एजेन्सी । आफ्नो कार्यकाल समाप्त नहुँदै गर्दा ट्रम्पले नयाँ राष्ट्रपति जोय बाइडेनलाई अप्ठ्यारोमा पारेर जान सक्ने डेमोक्र्याटिक सांसदहरूलाई त्रास छ । ट्रम्पले इरान, चीन वा रुसमाथि परमाणु हमलाको आदेश दिन सक्ने आशंका गरिएको छ । 

अमेरिकी संसद्मा बुधबार भएको हमलापछि अमेरिकी प्रतिनिधिसभाकी सभामुख तथा ट्रम्पका कट्टर विरोधी नेन्सी पेलोसीले न्युक्लियर कोडको सुरक्षालाई लिएर चिन्ता व्यक्त गरेकी छिन् ।

डेमोक्र्याटिक सांसदहरूलाई लेखेको चिठीमा पेलोसीले राष्ट्रपति ट्रम्पसँग रहेको परमाणु कोडलाई लिएर अमेरिकी सेनाका प्रमुखसँग आफूले कुरा गरेको उल्लेख गरेकी छन् । उक्त कोडको मद्दतबाट अमेरिकाका राष्ट्रपति परमाणु हमला गर्न आदेश दिन्छ ।

पेलोसीले अमेरिकी सेनाका ‘ज्वाइन्ट चिफ्स अफ स्टाफ’का प्रमुख मार्क मिलीस“ग कुरा गरेकी थिइन्– ‘मैले एक अस्थिर राष्ट्रपतिलाई सैन्य शत्रुताको शुरुआत गर्ने वा न्युक्लियर लन्च कोडसम्मको पहुँचबाट रोक्न र परमाणु हमलाको आदेश दिन सक्ने कुरालाई लिएर सावधानी अपनाउने विषयमा चर्चा गरे । यी अस्थिर राष्ट्रपतिलाई लिएर योभन्दा खतरनाक स्थिति अर्को हुन सक्दैन । जति सक्दो चा“डो हुन सक्छ डोनाल्ड ट्रम्पलाई पदबाट हटाउने कारबाही शुरू हुनेमा आफू आशावादी रहेको उनले बताइन् ।

अमेरिकाका राष्ट्रपति न्युक्लियर लन्च कोडका माध्यमबाट आफ्ना सेनलाई जल, थल वा वायुबाट कुनै पनि देशमा परमाणु हमलाको आदेश दिन सक्छ ।

एकपटक राष्ट्रपतिको आदेश आएपछि अमेरिकी सेनाले चाहेर पनि त्यसलाई अवज्ञा गर्न सक्दैन । अमेरिकामा जब कुनै नया“ राष्ट्रपति चुनेर आउँछ उनलाई ज्वाइन्ट चिफ्स अफ स्टाफका तर्फबाट न्युक्लियर लन्च कोड सुम्पिन्छ ।

 


कस्तो लाग्यो ?

यो पनि