जेठ ०५, २०८१, शनिबार
               

भारतको अस्पतालमा भीषण आगलागी, १० नवजात शिशुको मृत्यु

एजेन्सी
पुस २५, २०७७

ADVERTISEMENT

भारतको महाराष्ट्रस्थित भन्डारा जिल्लाको एक अस्पतालमा भीषण आगलागी हुँदा दश नवजात शिशुको मृत्यु भएको छ ।

अस्पतालको स्पेसल न्युबर्न केयर युनिटमा आगलागी भएको बिबिसीले जनाएको छ ।

ती शिशुहरु एकदेखि तीन महिना अगाडि मात्र जन्मिएका थिए ।

डिस्ट्रिक्ट सिभिल सर्जन प्रमोद खन्डातेका अनुसार अस्पतालमा राति साढे एक बजे आगलागी भएको थियो ।

महाराष्ट्रका स्वास्थ्यमन्त्रीले यस घटनासँगै नवजात शिशुको मृतक परिवारलाई पाँच–पाँच लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले पनि घटनाप्रति दुख व्यक्त गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि