जेठ ०५, २०८१, शनिबार
               

अमेरिकी संसद आक्रमणमा घाइते भएका एक प्रहरीको मृत्यु

एजेन्सी
पुस २४, २०७७

ADVERTISEMENT

वासिङ्टन । अमेरिकी संसद भवनभित्र भएको आक्रमणमा घाइते भएका एक प्रहरीको मृत्यु भएको छ । यो सँगै उक्त आक्रमणमा परी मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।

बुधबार संसद भवनभित्र प्रवेश गरेका राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थकको आक्रमणबाट घाइते भएका एक प्रहरीको उपचारको क्रममा मृत्यु भएको हो ।  

क्यापिटोल प्रहरीले एक वक्तव्य प्रकाशन गरी प्रहरी अधिकृत ब्रायन सिकनिकको बिहीबार राति ज्यान गएको जनाएको छ । 

भिड नियन्त्रणमा खटिएका बेला घाइते भएका ब्रायनलाई तत्कालै स्थानीय अस्पतालमा भर्ना गरिए पनि बचाउन नसकिएको भन्दै क्यापिटोल प्रहरीले दुःख व्यक्त गरेको छ ।

बुधबार अमेरिकी राष्ट्रपति ट्रम्पको उक्साहटपूर्ण भाषणपछि आक्रोशित समर्थकहरुले अमेरिकी संसदभित्र प्रवेश गरेर तोडफोड गरेका थिए । 

प्रहरी कारबाहीमा प्रदर्शनकारीतर्फ एक महिला सहित चार जनाको मृत्यु भएको थियो । प्रहरीका अनुसार एक जनाको संसद भवनभित्रै मृत्यु भएको थियो ।


कस्तो लाग्यो ?

यो पनि