भानुआटुमा शुक्रबार ६.१ म्याग्नीच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सुर्वेक्षण संस्था (युएसजिएस) ले जानकारी दिएको छ ।
यस भूकम्पबाट भएको धनजनको क्षतिको विस्तृत विवरण भने आइसकेको छैन ।
यस भूकम्पको केन्द्रविन्दु भानुआटुको इजआनजेलबाट १४६ किलोमिटर टाढा रहेको बताइएको छ ।
भूकम्पको केन्द्रसबन्दु ११७.७४ किलोमिटर गहिराईमा रहेको समाचारमा जनाइएको छ ।
भानुआटुमा बारम्बार भूकम्प गइरहन्छ ।